१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १५:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

धारिलो हतियार प्रयोग गरी महिलाको हत्या, श्रीमानसहित चार पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १५:३o:oo

सिराहाको गोलबजार नगरपालिका– ६ गोलबजारमा भाडाको घरमा सञ्चालन गरिएको होटेलको कोठामा विभत्स ढंगले हत्या गरिएको अवस्थामा महिलाको शव भेटिएको छ।

गोलबजार– ६ का महेन्द्रकुमार साहकी श्रीमती करिब ३५ वर्षीया अनिताकुमारी साहको गए राति करिब २ बजेतिर धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।

गोलबजार प्रहरी प्रमुख प्रहरी निरीक्षक सुनील कार्कीका अनुसार स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर चलाइएको होटेलको कोठामा धारिलो हतियारले गर्धन काटिएको र टाउकोमाथि सिलौटो प्रहार गरी हत्या गरिएको अवस्थामा सुत्ने खाटनजिकै शव फेला परेको हो।

घटनाको अघिल्लो रात साह दम्पतीकी सात वर्षीया छोरी तथा पाँच र तीन वर्षका छोरा अर्को कोठामा सुतेका थिए। स्थानीयका अनुसार राति अबेर अनिताका श्रीमान् अत्तालिँदै बाहिर आएर हो–हल्ला गरेपछि छिमेकीले घटनाबारे थाहा पाएका थिए।

‘घरभित्र के भएको छ भन्नेसमेत नसुनाई आफूलाई उपचारका लािग अस्पताल पुर्याउनु भने,’ एक स्थानीयले भने, ‘छिमेकीले उनलाई गोलबजारस्थित लङलाइफ अस्पताल पुर्याएर फर्किएपछि मात्र कोठाभित्र उनकै श्रीमतीको हत्या भएको शव देखेपछि तत्काल प्रहरीलाई खबर गर्यौं।’

मृतकको शव पोस्टमार्टमका लागि शनिबार बिहान करिब साढे ११ बजेतिर लहानस्थित रामकुमार-उमाप्रसाद प्रादेशिक अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।

श्रीमानसहित चार प्रहरी नियन्त्रणमा 
प्रहरीले हत्या भएको होटेलको पछाडि सिमेन्टको टायल भिजाउने पोखरीजस्तो ठाउँबाट हत्यामा प्रयोग गरिएको खुकुरी बरामद भएको जनाएको छ। पछिल्लो एक वर्षदेखि साह दम्पतीले गोलबजारमै दुई अलग-अलग ठाउँमा सामान्य होटेल चलाउँदै आएका थिए।

शव भेटिएपछि धनुषाको लालगढबाट ल्याएको तालिम प्राप्त कुकुरको सहयोगमा प्रहरीले अनुसन्धान गरेको छ। घटनाको सूक्ष्म ढंगले अनुसन्धान थालिसकेको जानकारी दिँदै अनुसन्धानको क्रममा प्रहरीले मृतकका श्रीमानसहित अर्का एक पुरुष र दुई महिला गरी चारजनालाई नियन्त्रणमा लिएको जनाएको छ।

मृतकका श्रीमान् महेन्द्र यसअघि पनि शरीर बन्धक र बलात्कार मुद्दामा तीन वर्ष जेल सजाय भुक्तान गरिसकेको व्यक्ति भएकाले हत्यामा उनकै संलग्नता रहेको आशंका गरिएको छ।
 

ad
ad