१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १५:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनीको अधिवेशन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:२२:oo

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीको अधिवेशन गुल्मीमा सुरु भएको छ।

अधिवेशनको नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री रामबहादुर थापा बादलले उद्घाटन गरेका हुन्। अधिवेशन आइतबारसम्म चल्नेछ।

बाल मन्दिरमा उद्घाटन गरिएको अधिवेशनको बन्दसत्रका कार्यक्रम एभरग्रिन होटेलमा तय गरिएको महासंघको लुम्बिनी प्रदेश कमिटी अध्यक्ष बालसिंह काउछाले जानकारी दिए।

काउछाका अनुसार १२ जिल्लाका एक सय ६० प्रतिनिधि सहभागी भएका छन्। अधिवेशनमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री थापासहित स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, आदिवासी जनजाति महासंघका केन्द्रीय इन्चार्ज गोकुल घर्ती, पोलिटब्युरो सदस्य सूर्य थापा, केन्द्रीय सदस्य दिनेश पन्थी, गणेश खनाललगायतका नेता सहभागी छन्। अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।

ad
ad