१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अस्ट्रेलियन पर्वतारोही एली पेपर विनाअक्सिजन अन्नपूर्ण–१ आरोहण गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:४२:oo

अस्ट्रेलियाकी पर्वतारोही तथा पूर्वगाइड एली पेपरले यही वसन्त ऋतुमा नेपालको अन्नपूर्ण–१ हिमाल आरोहण गर्ने भएकी छिन्। उनले २०२६ भित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरू अक्सिजनको प्रयोग नगरी आरोहण गर्ने लक्ष्य रहेको बताइन्।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एली पेपरले विश्वको १०औँ अग्लो ८,०९१ मिटर उचाइको अन्नपूर्ण–१ को आरोहण गर्न लागेको बताइन्। अन्नपूर्ण–१ आठ हजार मिटर अग्ला १४ वटा हिमालमध्येको एउटा हिमाल हो।

४८ वर्षीया पेपर आफ्नो सपना पूरा गर्न तयारीका लागि हाल आफ्नो टिमसहित काठमाडौंमा छिन्। विनाअक्सिजन हिमाल आरोहण गर्ने यात्राको सुरुवात भने उनले सन् २००७ मा नेपालको माउन्ट चोयुबाट गरेकी थिइन्।

पेपरले आफ्नो लक्ष्यअन्तर्गत हालसम्म विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरूमध्ये दुईवटा अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरिसकेकी छिन्। उनले सन् २०२३ को जुलाई १५ मा विश्वको १२औँ अग्लो ८,०५२ मिटरको ब्रोडपिक र सेप्टेम्बर २८ मा विश्वको पाँचौँ अग्लो ८,१६३ मिटरको मनास्लु हिमालको सफल आरोहण गरेकी थिइन्। ब्रोडपिक विनाअक्सिजन आरोहण गर्ने उनी पहिलो अस्ट्रेलियाली महिला बनेकी थिइन्।

विश्वमा हालसम्म ६ जनाले मात्र अक्सिजनविना आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरू आरोहण गरेका छन्। त्यसमध्ये पनि ती सबै १४ हिमालको मुख्य चुचुरोमा पुग्ने भने दुई पुरुष मात्र छन्। उनीहरूलाई त्यसको लागि १६ वर्ष लागेको थियो।

विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालअन्तर्गत सगरमाथा, केटू, कञ्चनजंघा, ल्होत्से, मकालु, चोयु, धौलागिरि, मनास्लु, नांगा पर्वत, अन्नपूर्ण–१, गासरब्रम–१, ब्रोडपिक, गासरब्रम–२, सिसापांमा पर्दछन्।