Skip This
डिभिजन वन कार्यालय रौतहटका कर्मचारीविरुद्ध प्रदर्शन 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २५ शुक्रबार
  • Saturday, 27 July, 2024
अशोक पहाडी काठमाडौं
२o८o फाल्गुण २५ शुक्रबार १५:५६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डिभिजन वन कार्यालय रौतहटका कर्मचारीविरुद्ध प्रदर्शन 

Read Time : > 1 मिनेट
अशोक पहाडी, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण २५ शुक्रबार १५:५६:oo

डिभिजन वन कार्यालय रौतहटका कर्मचारीविरुद्ध नेकपा एमालेसमर्थित राष्ट्रिय युवा संघ नेपालले पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा एक घण्टा चक्काजाम गरेको छ। 

युवा संघ नेपालका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुरस्थित डिभिजन वन कार्यालयअगाडि टायर बालेर एक घण्टा चक्काजाम गरेका थिए। 

युवा संघ नेपालका केन्द्रीय सदस्य विक्रम लामालाई डिभिजन वन कार्यालय रौतहटले वन मुद्दामा पक्राउ गरेपछि युवा संघले चक्काजाम गरेको हो। 

चन्द्रपुर नगरपालिका– २ मा रहेको महादेवस्थान सामुदायिक वन उपभोक्ता समूहले गोप्य रूपमा सूचना निकाली काठ बिक्री गर्न लागेको थाहा पाएपछि युवा संघ नेपालका केन्द्रीय सदस्य लामाले आफूहरूले समेत टेन्डर लिन पाउनुपर्ने भन्दै टेन्डर फर्म माग गरेपछि उनलाई वन मुद्दा लगाएर थुनिएको युवा संघ नेपाल रौतहटका अध्यक्ष मुन्ना यादवले बताए। 

गोप्य रूपमा सूचना निकालेर बिक्री–वितरण गर्न लागिएको काठको विषयमा लामाले थाहा पाएपछि उनले आफूले पनि टेन्डर भर्न पाउनुपर्ने भन्दै डिभिजन वन कार्यालयमा टेन्डर फर्म लिन गएका वेला वनले पक्राउ गरी वनको हिरासतमा लामालाई राखेको छ। 

दुई महिना पहिला चन्द्रपुर– २ को राष्ट्रिय वनमा भएको खयर फँडानीमा लामाको नाम हाल्न लगाएर सहायक वन अधिकृत सुरेश महतोले लामालाई वनको हिरासतमा लिएको चन्द्रपुर– २ का स्थानीय बासिन्दाले बताएका छन्। 

सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केशव पुलामी र सहायक वन अधिकृत महताेको मिलेमतोमा लामालाई पक्राउ गरिएको विरोधमा युवा संघ नेपालले चन्द्रनिगाहपुरमा चक्काजाम गरेको हो। 

विना आधार प्रमाण लामालाई वन मुद्दा लगाएर फसाउने षड्यन्त्र भएको भन्दै युवा संघले डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्रकुमार मिश्रा र सहायक वन अधिकृत महताेविरुद्ध चर्को नाराबाजी गर्दै डिभिजन वन कार्यालयअगाडि टायर बालेर चक्काजाम गरेका थिए। 

युवा संघ नेपालको नाराबाजीसहित टायर बालेर गरिएको सडक बन्दका कारण पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा सयौँ सवारीसाधन एक घण्टा रोकिन बाध्य भएका थिए। 

सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षले आफूलाई सहायक वन अधिकृत महतोले वन फँडानीमा लामाको समेत संलग्नता छ। चिठी लेख्नुस् हामी पक्राउ गर्छौँ भनेपछि आफूले चिठी लेखेर डिभिजन वन कार्यालयमा दिएको अध्यक्ष पुलामीको भनाइ छ। 

सो सामुदायिक वनले २२ सय क्युफिट काठ बिक्रीका लागि गोप्य सूचना निकालेपछि पक्राउ परेका लामाले थाहा पाएर त्यसको टेन्डर आफूहरूले समेत साकार गर्न पाउनुपर्ने भन्दै पटकपटक डिभिजन वन कार्यालयमा टेन्डर फोरम लिन गएर अवरोध सिर्जना गर्न लागेको भन्दै वन कर्मचारीकै मिलेमताेमा लामालाई फसाउने काम भएको भन्दै युवा संघ नेपालले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

चक्काजामपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै युवा संघ नेपालका रौतहट अध्यक्ष मुन्ना यादवले डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्रकुमार मिश्रा र सहायक वन अधिकृत सुरेश महताेलाई तत्काल विभागीय कारबाही गर्न माग गरेका छन्। 

लामालाई तत्काल रिहाइ गर्नुपर्ने र मिश्रा र महताेलाई विभागीय कारबाही नभए आइतबारबाट युवा संघले डिभिजन वन कार्यालय रौतहटमा तालाबन्दी गर्नेलगायतका कार्यक्रम गर्ने बताएकाे छ।