१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
Invalid date format १४:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपाद्वारा जुम्लामा सामूहिक स्याउखेती, बिरुवा रोप्दै महासचिव विप्लव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:५४:oo

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ जुम्लामा सामूहिक स्याउखेती गर्न आइपुगेका छन्।

पार्टीको निर्णयअनुसार हिमा गाउँपालिका– ६ पाथरखोला गाउँको लेक हडुल्यामा स्याउ बगैँचा निर्माण गर्न उनी जुम्ला पुगेका हुन्।

कृषिबाट देशको समृद्धि बुझेका महासचिव विप्लवमा सामूहिक उत्पादनले देश उँभो लाग्ने विश्वास छ। उनले भने, ‘अब छिट्टै देश उँभो लाग्ला भन्ने ठानेको छु।’

२२ हजार क्षेत्रफल जमिनमा १० हजार स्याउका बिरुवा रोप्ने लक्ष्य राखेको नेकपा पार्टीले पहिलो चरणमा दुई हजार बिरुवा रोप्न थालिएको केन्द्रीय सदस्य विर्खबहादुर शाहीले जानकारी दिए।

उनले भने, ‘उत्तर कर्णाली ब्युरो हुम्ला मुगु, जुम्ला, अछाम, कालीकोट बाजुरसहितका नेकपा नेता कार्यकर्ताको उपस्थिति छ।’