१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १४:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आठवटा ट्रक रुपैडिया पुगे, भन्सार छुटकाे कागज नमिलेपछि नाकामा समस्या

उपकरणसहित दुई सय ट्रक आउने तयारीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:१५:oo

दैलेखको पेट्रोलियम अन्तिम अन्वेषण कार्यका लागि कोलकाताबाट हिँडेका आठवटा ट्रक नेपालगन्जस्थित रुपैडिया नाकामा पुगेका छन्। विगत चार दिनदेखि ट्रकहरू रुपैडियामै रोकिएका छन्।

अन्तिम अन्वेषणका लागि करिब चार किलोमिटर मुनिसम्म ड्रिलिङ गर्नका लागि बन्दोबस्तीका सामान, मेसिन औजार, उपकरणलगायत दुई सयभन्दा बढी ट्रक दैलेख आउने भएका छन्।

केही महत्त्वपूर्ण सामग्री ल्याएका आठवटा ट्रकमा भन्सार छुटको कागज नमिलेपछि रुपैडिया नाकामै रोकिएको खानी तथा भूगर्भ विभागका अन्वेषण प्रमुख डा. गणेशनाथ त्रिपाठीले जानकारी दिएका छन्। उनका अनुसार करिब दुई सयभन्दा बढी ट्रक दैलेख आउनेछन्।

चीनको जिओलोजिकल सर्भे कम्पनीको नाममा भन्सार छुट पत्र तयार गरिएको भए पनि उत्त पत्रमा नेपाल सरकार र जिओलोजिकल सर्भे कम्पनीको नाम समावेश गर्नुपर्ने भन्दै अर्थ मन्त्रालयमा डेढ महिनाअघि नै पत्र पठाइएको थियो र मन्त्रालयले भन्सारमा पत्राचार नगरेका कारण केही ढिलाइ भएको भए पनि पहिलोपटकको समस्या समाधान भए अन्य सामानहरू आउन सहज हुने खानी तथा भूगर्भ विभागले जानकारी दिएको छ।

भन्सारमा रोकिएका सामान नेपालगन्जबाट सुर्खेतदेखि कर्णाली राजमार्ग हुँदै चामुण्डा विन्द्रासैनी नगरपालिकाबाट मध्यपहाडी राजमार्गको सडक प्रयोग गरेर अन्वेषणस्थल दैलेखको जलजले आउनेछन्।

यसअघिका अन्य तीनवटा चरणमा काम गर्दा दैलेखका करिब तीन हजारभन्दा बढी युवाले रोजगारी पाएका थिए, अहिले पनि अन्तिम अन्वेषणका वेलामा धेरैभन्दा धेरै स्थानीय बासिन्दाले रोजगारी पाउने आशा गरिएको छ।