१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १३:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सार्वजनिक स्थानमा डिजे नबजाउन प्रहरीको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १३:o२:oo

जिल्ला प्रहरी कार्यालय बारा र रौतहटले सार्वजनिक स्थलमा डिजेको प्रयोग गरी चर्को ध्वनिमा गीत–संगीत नबजाउन आग्रह गरेको छ।

ध्वनि प्रदूषणले सामाजिक वातावरण र मानव स्वास्थ्यमा असर परेको भन्दै प्रहरीले प्रेस विज्ञप्ति जारी गरेर डिजेको प्रयोग नगर्न अनुरोध गरेको हो।

बाराका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दधिराम न्यौपाने र रौतहटकी प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता एलिजा गिरीद्वारा छुट्टाछुट्टै जारी प्रेस विज्ञप्तिमा डिजेको बढ्दो प्रयोगका कारण समस्या उत्पन्न भइरहेको भन्दै अबउप्रान्त डिजेको प्रयोग नगर्न र गरेमा कानुनबमोजिम कारबाही हुने उल्लेख गरिएको छ।

‘सार्वजनिक बाटो, घाटो, सडक, चौर आदि स्थानहरूमा सर्वसाधारण नागरिकको जनस्वास्थ्यमा जोखिम बढ्न सक्ने गरी चर्को ध्वनि निष्कासन हुने गरेकाले यस्तो कार्य नगर्न प्रहरीले अनुरोध गरेको छ। 

‘यस्ता किसिमका चर्को स्वरमा डिजे साउन्ड बजाएर समाजमा प्रतिकूल असर पार्ने कार्य गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरासमेत सूचित गरिन्छ,’ प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

ad
ad