मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 18 September, 2025
भक्तपुरको सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) कार्यालयमा बुधबार एनओसी लिन लाइन लागेका विद्यार्थी
शिवहरि घिमिरे काठमाडाैं
Invalid date format o६:१५:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एनओसी कार्यालयमा अत्यासलाग्दो भिड

एकै दिन पुग्छन् तीन हजार विद्यार्थी, कर्मचारी नहुँदा सेवा लिन सास्ती, दिनभर लाइन बसेर पनि पाउँदैनन् एनओसी

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:१५:oo

सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) कार्यालयमा एनओसी लिन आउनेको अत्यधिक भिड लाग्ने गरेको छ । तर, कर्मचारीको अभावमा सेवा लिन सास्ती खेप्नुपरेको छ । फागुनको पहिलो सातासम्म दैनिक ६ सयको हाराहारीमा निवेदन आउने गरेकामा त्यसयता भने दैनिक तीन हजार हाराहारी निवेदन आउन थालेका छन् । तर, आएजति निवेदन कार्यालयले सम्बोधन गर्न सक्दैन । जसका कारण सेवाग्राहीका निवेदनहरू पेन्डिङ राख्ने गरिएको छ । हाल एनओसी लिन आउनेमध्ये सबैभन्दा बढी जापानका लागि छन् । फागुन पहिलो सातायताको तथ्यांक हेर्दा एनओसी लिनेमध्ये ९८ प्रतिशत विद्यार्थी जापान जानका लागि छन् । 

एनओसी कार्यालयका प्रमुख शान्तिराम पौडेलले सेवाग्राहीको अत्यधिक भिड र सीमित कर्मचारीका कारण सेवा दिन हम्मेहम्मे परिरहेको बताए । ‘नजिकै रहेको शिक्षा तथा मानव संसाधन विकास केन्द्रमा कर्मचारी फालाफाल छन्, तर हाम्रो कार्यालयमा कर्मचारीको अभाव छ,’ उनले भने, ‘हामीले सेवा दिन नसक्दा कतिपय विद्यार्थी अन्यायमा पनि पर्ने गरेका छन् ।’ 

साताको पहिलो दिन आइतबार एक हजार ११७ जनाले एनओसी लिएकामा अन्य एक हजार ९१ जतिले लाइन लागेर पनि एनओसी पाएनन् । कार्यालयले उनीहरूको फारम रिसिभ गरेर पेन्डिङ राखेको छ । त्यस्तै, हालसम्म पेन्डिङ रहेका र जारी गर्न बाँकी निवेदन संख्या १२ हजार नाघेको छ । यसमा पनि ९८ प्रतिशत निवेदन जापानकै लागि छन् । बुधबार बिहान एनओसी कार्यालय पुग्दा ७ बजेदेखि नै सेवाग्राही लाइन लागेका थिए ।

कार्यालयले सेवाग्राहीको अत्यधिक चाप बढेका कारण बेलुकी ६ बजेसम्म नै सेवा दिएको थियो । कार्यालयको अनलाइन सिस्टम नै डाउन हुने गरेपछि पनि सेवाग्राहीलाई थप सास्ती भएको छ । कार्यालयका अनुसार साउनयता सबै देशमा गरी करिब ६५ हजार विद्यार्थीले एनओसी लिएका छन् । 

हामीले सेवा दिन नसक्दा कतिपय विद्यार्थी अन्यायमा पर्ने गरेका छन्
शान्तिराम पौडेल, प्रमुख, एनओसी कार्यालय

सेवाग्राहीको अत्यधिक भिड र सीमित कर्मचारीका कारण सेवा दिन हम्मेहम्मे परिरहेको  छ । नजिकै रहेको शिक्षा तथा मानव संसाधन विकास केन्द्रमा कर्मचारी फालाफाल छन्, तर हाम्रो कार्यालयमा कर्मचारीको अभाव छ । हामीले सेवा दिन नसक्दा कतिपय विद्यार्थी अन्यायमा पर्ने गरेका छन् ।