१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १७:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

हेटौँडामा अन्तर क्याम्पस टी–२० क्रिकेट प्रतियोगिता हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:५१:oo

हेटौँडामा २६ फागुनबाट अन्तर क्याम्पस अष्टकुमारी टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ। हेटौँडा जेसिजको आयोजनामा प्रतियोगिता हुन लागेको हो।

प्रतियोगितामा मकवानपुर, बारा, पर्सा र चितवनका गरी ६ वटा क्याम्पसहरूको सहभागिता रहने आयोजक जेसिजका अध्यक्ष विकेशलाल श्रेष्ठले जानकारी दिए।

उनका अनुसार प्रतियोगितामा मकवानपुरको हेटौँडा स्कुल अफ म्यानेजमेन्ट, हेटौँडा सिटी कलेज र नारायणी कलेज, बाराको सिमरा क्याम्पस, पर्साको नेसनल इन्फोटेक र चितवनको एरोभा कलेजको सहभागिता रहनेछ।

हेटौँडा जेसिज सन् १९९२ का अध्यक्ष पूर्ण शाक्यको स्वर्गीय आमा अष्टकुमारी शाक्यको स्मृतिमा हुन लागेको प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ, उत्कृष्ट ब्याटर र बलरलाई जनही ५–५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक सुमन अर्यालले जानकारी दिए। प्रतियोगिता हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित हुप्रचौरमा हुनेछ।

ad
ad