१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका जनकपुरधाम
२o८१ जेठ ३ बिहीबार १६:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आरती साह हत्या प्रकरणमा थप एक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १६:११:oo

जनकपुरधामकी आरती साह हत्या प्रकरणमा झन्डै १० महिनापछि जिल्ला प्रहरी कार्यालय धनुषाले थप एकजनालाई पक्राउ गरेको छ।

आरती साह हत्या प्रकरणमा जिल्ला हुँदै सर्वोच्च अदालतसम्म सुनुवाइ भइसकेको अवस्थामा बुधबार साँझ प्रहरीले जनकपुरका २७ वर्षीय रविकुमार साहलाई पक्राउ गरेको हो। पक्राउ परेका साह मृतक साहका देवर हुन्।

गत जेठ ७ गते आफ्नै घरमा झुन्डिएको अवस्थामा आरती मृत फेला परेकी थिइन्। छोरीको हत्या भएको भन्दै माइती पक्षले आरतीका श्रीमान् मोतीबाबु साह र सासुरा मदनमोहन साहविरुद्ध किटानी जाहेरी दिएकाे थियाे।

सो मुद्दामा जिल्ला अदालत धनुषाले आरतीका श्रीमान् र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। तर, उच्च अदालत जनकपुरले दुवैजनालाई साधारण तारेखमा छाडेको थियो। पछि सर्वोच्च अदालतले  आरतीका पतिलाई पुर्पक्षका लागि थुनामा राख्न र ससुरालाई एक लाख धरौटीमा छाड्न आदेश गरेको थियो।

प्रहरीले रविकुमार साहलाई पक्राउ गरेपछि हत्या आरोपी पक्षले जिल्ला प्रहरी कार्यालयअगाडि नाराजुलस लगाएको छ। जाहेरीसमेत नपरेका व्यक्तिलाई पक्राउ गरेर प्रहरीले आफ्नो परिवारमाथि अन्याय गरेको उनीहरूको दाबी छ।

ad
ad