१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
प्रधानमन्त्रीनिवास बालुवाटारकाे फाइल फोटो ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १३:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चार दलबीच मन्त्रालयको संख्या टुंगियो, मन्त्रालय टुंगिन बाँकी

एमालेले आठ, माओवादीले पाँच, रास्वपाले चार र जसपाले दुई मन्त्रालय पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:४७:oo

नयाँ सत्तागठबन्धनका चार दलबीच कसले कति मन्त्रालय पाउने भन्ने टुंगो लागेको छ ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको चारदलीय कार्यदलले मन्त्रालयको संख्या टुंगो लगाएको हो । 

कार्यदलमा रहेका नेताहरूले दिएको जानकारीअनुसार एमालेले आठ, माओवादीले पाँच, रास्वपाले चार र जसपाले दुई मन्त्रालय पाउने भएका छन् । 

बाँकी मन्त्रालय सरकारमा पछि थपिने दलका लागि राख्ने सहमति पनि बनेको छ । 

एकीकृत समाजवादी, जनमत, लोसपा, नागरिक उन्मुक्तिलगायतका दललाई पनि सरकारमा सहभागी गराउने प्रयास प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीले गरिरहेका छन् । 

मन्त्रालयको संख्या टुंगिए पनि अर्थबाहेक अन्य मन्त्रालय कुन–कुन मन्त्रालय कसले पाउने भन्ने टुंगो लाग्न बाँकी रहेको पनि ती नेताले जानकारी दिए । 

अर्थ भने प्रधानमन्त्री प्रचण्डको दल माओवादीले नै राख्ने भएको छ । गृहमा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको बलियो दाबेदारी रहेको ती नेताले बताए । 

रास्वपाका केही नेताले भने गृह, शिक्षा, श्रम र युवा तथा खेलकुद मन्त्रालय आफूहरूले पाउने सहमति जुटिसकेको दाबी गरेका छन् । 

ad
ad