१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १३:१९:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

वासिङ्टन-सोल संयुक्त सैन्य अभ्यासले ‘महँगो मूल्य’ चुकाउनुपर्ने प्योङयाङको चेतावनी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:१९:oo

उत्तर कोरियाले गत हप्तादेखि वासिङ्टन र सोलले सुरु गरेको संयुक्त सैन्य अभ्यासले ‘महँगो मूल्य’ तिर्नुपर्ने चेतावनी दिँदै ‘उत्तेजित युद्धाभ्यास’ बन्द गर्न आग्रह गरेको छ। 

यसै वर्ष प्योङयाङले दक्षिण कोरियालाई आफ्नो ‘प्रमुख शत्रु’ घोषणा गरेको छ। साथै प्योङयाङले ‘०.००१ मिलिमिटर’ सम्म पनि क्षेत्रीय सहमति उल्लंघन भए युद्धको धम्कीसमेत दिँदै आएको छ। 

वासिङ्टन र सोलले प्योङयाङबाट लगातार बढ्दो आणविक धम्कीको जवाफ दिन आफ्नो तयारी बढाउनका लागि सन् २०२३ को तुलनामा दुई गुणा सैनिकको सहभागिताका साथ सोमबारदेखि उनीहरूको वार्षिक वसन्त सैन्य अभ्यास सुरु गरेको बताए। 

दुवैले ‘फ्रिडम सिल्ड’मा ४८ फिल्ड अभ्यास समावेश गर्ने र क्षेप्यास्त्र अवरोध अभ्यास, बम विस्फोट, हवाई आक्रमण र प्रत्यक्ष हमला समावेश गर्ने बताएका छन्। 

उत्तर कोरियाको रक्षा मन्त्रालयका एक अज्ञात प्रवक्ताले सोल र वासिङ्टनलाई ‘लापरबाहीपूर्ण’ र ‘उत्तेजित युद्धाभ्यास’ बन्द गर्न आग्रह गरेछ। ‘प्योङयाङको सेनाले अमेरिका र दक्षिण कोरियाको लापरबाहीपूर्ण सैन्य अभ्यासको कडा निन्दा गर्दछ र उत्तेजना र अस्थिरता निम्त्याउने कदम रोक्न उनीहरूलाई कडा चेतावनी दिन्छ,’ प्योङयाङको आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अमेरिका र दक्षिण कोरियाले आफ्नो भ्रामक छनोटका लागि महँगो मूल्य तिर्नुपर्नेछ, यसले प्रत्येक क्षणमा गम्भीर स्तरमा उनीहरूको सुरक्षा असुविधालाई निम्त्याएको महसुस गर्दै छ,’ प्रवक्ताले भने।

उत्तर कोरियाले लामो समयदेखि अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको आलोचना गर्दै आएको छ। उसले उक्त सैन्य अभ्यासलाई आक्रमणका लागि पूर्वाभ्यास भनेको छ। यस्तै प्रकृतिको पछिल्लो संयुक्त सैन्य अभ्यासमा हतियार परीक्षण गरिएको थियो। सोलले आफ्नो सेना उत्तर कोरियाको उक्साहटका लागि पूर्ण रूपमा तयार रहेको जनाएको छ। 

‘उत्तर कोरियाले हाम्रो संयुक्त सैन्य अभ्यासको बहानामा उक्साउने कुरा गर्छ भने हामी तत्काल सुदृढ र अन्तिम कारबाहीको सिद्धान्तअनुसार ठूलो जवाफ दिनेछौँ,’ दक्षिण कोरियाको रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ। 

उत्तर कोरियाली नेता किम जोङ उनले सोललाई उत्तर कोरियाको ‘सबैभन्दा खतरनाक र पहिलो शत्रुराज्य तथा कट्टर शत्रु’ भन्दै गत महिना आक्रमण भएको अवस्थामा प्योङयाङ दक्षिण कोरियाको ‘अस्तित्व मेट्न’ नहिचकिचाउने बताएका थिए।