१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार ११:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसियाले राष्ट्रिय क्रिकेट टी–२० प्रतियोगितालाई सहयोग गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:३६:oo

एनआइसी एसिया बैंकले मोरङ जिल्ला एसोसिएसनले आयोजना गर्ने राष्ट्रिय क्रिकेट टी–२० प्रतियोगितालाई सहयोग गर्ने भएको छ । सहयोगसम्बन्धी सम्झौतामा बैंक र एसोसिएसनबीच सहमति भएको हो ।  

बैंकका ब्रान्डिङ एन्ड कर्पोरेट कम्युनिकेसन विभागका प्रमुख सरोज भट्टराईले नेपाली खेल क्षेत्रमा क्रिकेट खेलले पु¥याएको गहिरो महŒवलाई एनआइसी एसिया बैंकले राम्रोसँग बुझेको बताए । उनले भने, ‘नेपाली जनमानसको मन–मनमा विशेष स्थान ओगटेको क्रिकेट खेलले समुदायलाई एकताबद्ध गर्ने अविस्मरणीय कार्य गरेको छ । यस गौरवमय प्रतियोगिताको एउटा प्रमुख साझेदार बन्ने अवसर प्राप्त भएकोमा हामी निकै नै हर्षित छौँ ।’ 

एनआइसी एसिया बैंकले एकता, टिमवर्क र उत्कृष्टताको भावनालाई बढावा दिने गरेको र यो खेल जीवनमा समेत चरितार्थ हुँदै आएको उनको भनाइ थियो । बैंकले यस्ता प्रतियोगितामा सहकार्य गरेर खेल जीवनलाई प्रवद्र्धन गर्ने मात्र नभई राष्ट्रियस्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्न इच्छुक युवा क्रिकेटरलाई उत्कृष्ट मञ्च प्रदान गर्ने लक्ष्यसमेत राखेको उनले बताए ।

 मोरङ जिल्ला क्रिकेट एसोसिएसनका अध्यक्ष मोहम्मद साद कुरेसीले  एसोसिएसनको तर्फबाट क्रिकेट व्यवस्थापनका क्रममा हुने भुक्तानीलाई डिजिटलाइजेसन गर्ने बताए । एनआइसी एसिया बैंकको सहकार्यमा प्लेयर अफ दी म्याचको रकम पनि क्युआर कोडमार्फत भुक्तानी गर्ने उनको भनाइ थियो ।

उनले भने, ‘यस नवीन दृष्टिकोण क्रिकेट व्यवस्थापनको विकासमा एउटा मेरुदण्डका रूपमा रहेको हामीले बुझेका छौँ र यसलाई सम्भव तुल्याउन एनआइसी एसिया बैंकको सदाचारी समर्थन हाम्रा लागि कोसेढुंगा सावित भएको छ ।’ कार्यक्रममा बैंकका कोशी प्रदेशका हीराप्रसाद पौड्याललगायत विभिन्न व्यक्तित्वहरूको समेत उपस्थिति रहेको जनाइएको छ । प्रतियोगिता विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा २२ फागुन अर्थात् आजदेखि ३ चैतसम्म आयोजना हुने उल्लेख छ । 

ad
ad