मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा अध्यक्ष माओवादीले लिने सहमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:१२:oo

चारदलीय नयाँ सत्तागठबन्धनमा राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्रले पाउने सहमति भएको छ। 

सत्तारुढ एमाले, माओवादी, रास्वपा र जसपाबीच भएको सहमतिअनुसार अध्यक्षमा माओवादी केन्द्रको उम्मेदवारलाई समर्थन गर्ने सहमति बनेको हो। 

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना ६ वर्षे पदावधि पूरा गरी आइतबार बिदा भएसँगै यो पद रिक्त छ। राष्ट्रिय सभा अध्यक्षमा माओवादीबाट उर्मिला अर्यालको दाबेदारी छ। अर्याल वर्तमान उपाध्यक्ष हुन्। यसका अलावा नारायणकाजी श्रेष्ठको नाम पनि चर्चामा छ। 

राष्ट्रिय सभाले स्वीकृत गरेको क्यालेन्डरअनुसार अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदै छ। चारदलीय गठबन्धनमा भएको सहमतिअनुसार उपाध्यक्ष एमालेले पाउने सहमति भएको छ। एमालेले उम्मेदवार चयन गरिसकेको छैन।