१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण २१ सोमबार १८:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एकीकृत समाजवादी ‘पर्ख र हेर’को अवस्थामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण २१ सोमबार १८:१०:००

नेकपा (एकीकृत समाजवादी) पार्टीले नयाँ राजनीतिक समीकरणका विषयमा तत्काल कुनै निर्णय नगर्ने भएको छ।

सोमबार पार्टीको केन्द्रीय सचिवालयको आकस्मिक बैठक बसे पनि एकीकृत समाजवादी ‘पर्ख र हेर’को अवस्थामा देखिएकाे हाे। बैठकले प्रधानमन्त्रीले लिएको निर्णयको गुण र दोषका आधारमा आफ्ना नीति स्पष्ट पार्ने जनाएकाे छ।

‘प्रधानमन्त्रीले लिएको निर्णयका उद्देश्य, प्रक्रिया र संरचनाका बारेमा सबै विषय अगाडि आएपछि तिनको गुण–दोषका आधारमा नेकपा एकीकृत समाजवादीले आफ्ना नीतिहरू स्पष्ट पार्नेछ,’ पार्टीले भनेको छ।