१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार ११:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सातौँ चेम्बर एक्स्पो २४ फागुनदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:५८:oo

स्थानीय उत्पादनको प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यसहित सातौँ ‘चेम्बर एक्स्पो २०२४’ २४ फागुनदेखि सुरु हुने भएको छ । २८ फागुनसम्म सञ्चालन हुने उक्त एक्स्पो नेपाल चेम्बर अफ कमर्सको आयोजनामा हुन लागेको हो । 

स्थानीय उत्पादन प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागेको एक्स्पोको तयारी पूरा भएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए । एक्स्पोमा कृषि सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, हस्तकलाका वस्तुहरू प्रदर्शनीमा राखिने आयोजकले जनाएका छन् । घर–जग्गा व्यवसाय, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्यपुस्तक, सवारीसाधन, निर्माण सामग्री, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीसमेत प्रदर्शनीमा हुने उल्लेख छ ।

कृषि, हस्तकलालगायत स्थानीयस्तरमा उत्पादित वस्तुहरूको बजार प्रवर्द्धन एवं साना व्यवसायीको आर्थिक गतिविधि विस्तार गर्नका लागि पनि एक्स्पोको आयोजना गरिएको अध्यक्ष मल्लले बताए । प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका एक सय ६० भन्दा बढी स्टल रहने जनाइएको छ । एक्स्पोमा फोकस कन्ट्रीका रूपमा दक्षिण कोरिया रहेको छ । क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक गतिविधि, नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामलाई नजिकबाट नियाल्न सहयोग पुग्ने अध्यक्ष मल्लले बताए । 

प्रदर्शनीमा इन्डियन चेम्बर अफ कमर्सको अगुवाइमा भारत आयुष एक्विजिसन कन्फरेन्ससमेत सञ्चालन हुनेछ । प्रदर्शनीमा नेपालमा रहेका बंगलादेश, रुस र मलेसियाका वाणिज्य शाखाको पनि सहभागिता रहनेछ । यस्तै, बंगलादेश, भारत, दक्षिण कोरिया, पाकिस्तानबाट समेत व्यवसायीले सहभागिता जनाउनेछन् । 

ad
ad