१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका इस्लामाबाद
२o८१ जेठ ३ बिहीबार १o:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

पाकिस्तानको प्रधानमन्त्रीमा सहबाज सरिफ निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, इस्लामाबाद
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:४१:oo

पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन)का नेता सहबाज सरिफ दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । इमरान खानको पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई)ले समर्थन गरेका उम्मेदवार उमर अयुबलाई पराजित गर्दै सहबाज आइतबार पाकिस्तानको २४औँ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । उनी पूर्वप्रधानमन्त्री नवाज सरिफका सहोदर भाइ हुन् ।

पिएमएल–एनका अध्यक्ष तथा नवगठित आठदलीय गठबन्धनका नेता सरिफलाई दोस्रोपटक प्रधानमन्त्री बन्न भारी मत मिलेको छ । पाकिस्तानको तल्लो सदन नेसनल एसेम्ब्लीमा भएको मतदानमा उनले २०१ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी अयुबले ९२ मत ल्याए । अयुब पूर्वप्रधानमन्त्री इमरान खान समर्थित सांसदका साझा उम्मेदवार थिए ।

फेब्रुअरी ८ मा सम्पन्न निर्वाचनमा कुनै पनि दलको प्रस्ट बहुमत नआएपछि नयाँ प्रधानमन्त्री चयन गर्न हप्तौँ लागेको थियो । सहबाज निर्वाचित भएसँगै जेलमा रहेका विपक्षी नेता इमरान खानका समर्थकलाई  सरकारमा सहभागी हुन नदिन गठबन्धनलाई सफलता मिलेको छ । निर्वाचनको परिणाम घोषणा गर्दै नेसनल एसेम्ब्लीका नवनियुक्त सभामुख सरदार अयाज सादिकले भने, ‘सहबाज सरिफ इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।’

यसअघि खानले सरिफको मनोनयन प्रक्रिया नै गलत भएको दाबी गरेका थिए । उनले सरिफलाई संसद् सिट ‘उपहार’ दिएको दाबी गरे । खानले भनेका थिए, ‘सरिफलाई गलत तरिकाले पाकिस्तानको राष्ट्रिय सभाको सदस्यको रूपमा शपथ गराइएको छ र उनी प्रधानमन्त्री पदका लागि उम्मेदवार हुन सक्दैनन् ।’

गत महिना सम्पन्न विवादास्पद निर्वाचनमा कारागारमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको दल पिटिआई समर्थित स्वतन्त्र उम्मेदवारहरूले जितेका थिए । तर, सरकार बनाउन कुनै पनि दलको बहुमत नपुगेपछि स्वतन्त्रबाहेकका दलहरूले गठबन्धन बनाएका थिए ।सहबाज सरिफ यसअघि सन् २०२२ को अप्रिलमा इमरान खानको सरकार ढलेपछि प्रधानमन्त्री बनेका थिए । त्यसअघि उनी तीनपटकसम्म पन्जाब प्रान्तको मुख्यमन्त्री बनेका थिए । सहबाज व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका हुन् ।
 

ad
ad