मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
रासस काठमाडौं
Invalid date format १५:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक फेरिए, न्यौपानेलाई जिम्मेवारी

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:o३:oo

एमालेले राष्ट्रिय सभामा दलको प्रमुख सचेतक चयन गरेको छ। भगवती न्यौपाने राष्ट्रिय सभामा प्रमुख सचेतक बनेकी छिन्।

संसदीय दलका नेता केपी ओलीले आज न्यौपानेलाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन्। 

एमाले संसदीय दलको विधान ०७७ बमोजिम २१ फागुन (भोलि) देखि लागू हुने गरी न्यौपानेको मनोनयन भएको हो। 

यसअघिका प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठको कार्यकाल आजबाट समाप्त भएकाले एमालेले नयाँ प्रमुख सचेतक चयन गरेको हो। एमाले केन्द्रीय सदस्यसमेत रहेकी तनहुँकी न्यौपाने गण्डकी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गरेकी हुन्।