एमालेले राष्ट्रिय सभामा दलको प्रमुख सचेतक चयन गरेको छ। भगवती न्यौपाने राष्ट्रिय सभामा प्रमुख सचेतक बनेकी छिन्।
संसदीय दलका नेता केपी ओलीले आज न्यौपानेलाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन्।
एमाले संसदीय दलको विधान ०७७ बमोजिम २१ फागुन (भोलि) देखि लागू हुने गरी न्यौपानेको मनोनयन भएको हो।
यसअघिका प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठको कार्यकाल आजबाट समाप्त भएकाले एमालेले नयाँ प्रमुख सचेतक चयन गरेको हो। एमाले केन्द्रीय सदस्यसमेत रहेकी तनहुँकी न्यौपाने गण्डकी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गरेकी हुन्।