१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १८:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मदारबाबा मेला भर्न आएका एकजनाको भिरबाट खसेर मृत्यु

अर्की एक महिला बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:४२:oo

नवलपरासीमा मदारबाबा मेला भर्न आएका एकजनाको भिरबाट खसेर मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विनयी त्रिवेणी गाउँपालिका– ६ नागडाँडादेखि केही तल उकालो चढ्ने क्रममा भारत कुशीनगर नौरगिया बस्ने ५० वर्षीय पंकजकुमार कुशवाहको भिरबाट लडेर मृत्यु भएको हो।

मृतकको शव पोस्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल डन्डामा ल्याइएको छ।

यसैगरी, शनिबार नै अर्की एक महिला भिरबाट लडेर बेपत्ता भएको र उनको खोजीकार्य जारी रहेको नवलपुर प्रहरीले जनाएको छ।

ad
ad