१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नवीन गुरुङ संखुवासभा
२o८१ बैशाख २० बिहीबार १७:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

घरायसी विवादमा श्रीमतीको हत्या गरेर श्रीमान् फरार

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:१७:oo

संखुवासभाको सदरमुकाम खाँदबारीमा श्रीमतीको हत्या गरेर श्रीमान् फरार भएका छन्।

खाँदबारी नगरपालिका– ७ स्थित आर्मी क्याम्पनजिकै घरायसी विवाद हुँदा २६ वर्षीय विना राईको हत्या गरेर श्रीमान् २७ वर्षीय मंसिरे शेर्पा फरार रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अशोक जगेबुले जानकारी दिए।

मृतकको शरीरमा नीलडाम, कुटपिट र अचानोले टाउकोमा हानेको चोट देखिएको प्रहरीको भनाइ छ। शेर्पाको घर खाँदबारी नगरपालिका– ११ आङ्ला रहेको र श्रीमतीको माइतीघर सिलिचोङ भई केही समयदेखि भाडामा खाँदबारीमै बस्दै आएका थिए।

शेर्पा गाडीचालक हुन्। हत्यालगत्तै फरार भएका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि संखुवासभा जिल्ला अस्पतालमा राखिएको छ।

ad
ad