१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १४:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १४:oo:oo

सिराहा प्रहरीले जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ ।

परिवर्तित नाम ०८०/८१ खिरौना (१६) को जाहेरीको आधारमा सिराहा नगरपालिका– १४ बस्ने करिब २७ वर्षीय सुमनकुमार साहलाई पक्राउ गरी शुक्रबार सिराहा जिल्ला अदालतबाट अनुसन्धानका लागि १० दिन म्याद लिइएको प्रहरीले जनाएको छ।

गत २१ मंसिर राति करिब १० बजेतिर जबर्जस्ती करणीको घटनापछि फरार भएका साहलाई जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक सुवोधकुमार मिश्रको कमान्डमा खटिएको टोलीले पक्राउ गरेको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए। 

उनका अनुसार खोजतलासको क्रममा प्रतिवादी साहलाई लुकेर बसिरहेको अवस्थामा सिराहा नगरपालिका– ७ सिराहा बजारबाट पक्राउ गरिएको भोलिपल्ट अदालतमा उपस्थित गराइएको हो।

सात महिनामा करणीका २५ मुद्दा
आर्थिक वर्ष ०८०/८१ को माघ मसान्तसम्म सात महिनाको अवधिमा जिल्ला प्रहरी र मातहतका युनिटसमेतमा गरी जबर्जस्ती करणीका २५ वटा मुद्दा  दर्ता भएका छन्। दर्ता भएका मुद्दाका प्रतिवादीमध्ये ११ पक्राउ परेको र १७ फरार रहेको प्रहरी तथ्यांकमा उल्लेख छ।

त्यस्तै, उक्त अवधिमा जबर्जस्ती करणी उद्योगअन्तर्गत दर्ता भएका ११ वटा मुद्दामा ६ जना पक्राउ परेको  र ६ जना फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

ad
ad