१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १५:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शनिबार र आइतबार देशका अधिकांश स्थानमा वर्षाकाे सम्भावना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १५:३o:oo

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले शनिबार र आइतबार देशका धेरैजसाे स्थानमा बदलीको सम्भावना रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार पञ्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा शनिबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको साथै कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ।

यस्तै, आइतबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र मधेश प्रदेशका थोरै स्थानमा छिटफुटदेखि हल्का वर्षा हुने देखिएकाे छ। 

यसैगरी शनिबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाे विभागले जनाएकाे छ। 

यस्तै, आइतबार देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुनेछ। सोमबारबाट क्रमिक रूपमा मौसममा सुधार हुने देखिन्छ। उक्त मौसम प्रणालीको असरले तापक्रमसमेत थोरै घट्न गई हल्का चिसो बढ्न सक्ने सम्भावना छ।

वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई एवं सडक यातायातमा समेत असर पर्न सक्ने देखिएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेकाे छ।