१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १४:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीले भने, ‘परिवारसहित छिट्टै भरतपुर भ्रमणमा आउँछु’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:४३:oo

नेकपा एमालेका अध्यक्ष केपी ओलीले भरतपुरको विकासमा आफ्नो पनि योगदान भएको बताएका छन्। 

भरतपुर भ्रमण वर्षको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भरतपुरको सिटी हल, मुख्य राजमार्ग विकासमा आफूले बजेट पारेको स्मरण गरेका हुन्। 

उनले भने, ‘चितवनलाई शिक्षा र स्वास्थ्यको हब बनाउन सकिन्छ। हाम्रै पालामा यसलाई सुरुवात गरेका थियौँ। अहिले पनि व्यक्तिगत र पार्टीगत हिसाब मेरो सहयोग रहनेछ। म परिवारसहित छिट्टै भ्रमण आउँछु। गीतले पनि भन्छ जाऊँ हिँड चितवनमा दुई दिनको जिन्दगी बिताउन।’

भरतपुर महानगरपालिकाको आयोजनामा ‘घुमौँ भरतपुर’ भन्ने नारासहित आज भरतपुर भ्रमण वर्ष २०२४ को नारायणी नदीकिनारमा औपचारिक रूपमा उद्घाटन गरिएको हो।उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित पाँच पूर्वप्रधानमन्त्री सहभागी छन्।

पूर्वप्रधानमन्त्री कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल र पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी भरतपुर पुगेका छन्।