Skip This
वर्तमान गठबन्धनमा शंका गर्नुपर्दैन, पाँचै वर्ष चल्छ : रक्षामन्त्री खड्का
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o फाल्गुण १८ शुक्रबार
  • Tuesday, 11 August, 2026
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण १८ शुक्रबार १४:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

वर्तमान गठबन्धनमा शंका गर्नुपर्दैन, पाँचै वर्ष चल्छ : रक्षामन्त्री खड्का

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण १८ शुक्रबार १४:३o:oo

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान गठबन्धन पाँच वर्ष नै चल्ने बताएका छन्। 

आजदेखि सुरु कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले वर्तमान गठबन्धनमा कहीँकतै केही होला कि भनेर शंका नगर्न आग्रह गरे। 

कांग्रेसका उपसभापतिसमेत रहेका खड्काले निर्वाचनका वेला गठबन्धनले पाँच वर्षका लागि जनतासमक्ष मत मागेको स्मरण गर्दै जनादेशअनुसार वर्तमान गठबन्धन चल्ने र त्यसमा कुनै समस्या नआउने प्रस्ट पारे। गत निर्वाचनलगत्तै केही समस्या आए पनि अहिले गठबन्धनमा कुनै समस्या नरहेको खड्काको भनाइ छ।

वर्तमान गठबन्धन सत्ता र कुर्सीका लागि नबनेको भन्दै खड्काले संविधानको रक्षा र मुलुकको समृद्धिका लागि भएकाले जनादेशअनुसार काम गर्दै जाने प्रस्ट पारे।