१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o६:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : असल मित्रको परिचय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:o१:oo

भारतका पूर्वराष्ट्रपति एपिजे अब्दुल कलाम एक सफल वैज्ञानिक हुन् । भारतको परमाणु विकासमा उनको अत्यन्त ठूलो भूमिका रहेको छ । जति ठूला वैज्ञानिक र जति नै ठूला राजनेता भए पनि कलामको जीवन भने अत्यन्त सामान्य थियो । उनको जीवन सबैका लागि प्रेरणाको स्रोत थियो । 

कलाम राष्ट्रपति भएको केही समय मात्र भएको थियो । उनी औपचारिक–अनौपचारिक विभिन्न प्रकारका कार्यक्रममा सहभागी हुने क्रम चलिरहेकै थियो । त्यस्तैमा राष्ट्रपति भएको केही दिनपछि कुनै विशेष कार्यक्रममा सहभागी हुन उनी केरलाको राजभवन त्रिवेन्द्रमा जानुपर्ने भयो । कार्यक्रममा सहभागिताका लागि राज्यका तर्फबाट विभिन्न व्यक्तिलाई विशेष रूपमा निम्ता गरियो । यस क्रममा राष्ट्रपति कलामका तर्फबाट व्यक्तिगत रूपमा पनि दुईजना विशेष अतिथिलाई आमन्त्रण गर्ने अधिकार उनलाई थियो । आफूले निम्ता गर्न पाउने दुईजना विशिष्ट पाहुनामा राष्ट्रपति कलामले यस्ता मान्छेलाई छाने, जसका बारेमा थाहा पाउँदा सबै छक्क परे । राष्ट्रपतिले एकजना मोची अर्थात् जुत्ता सिलाउने व्यक्तिलाई बोलाएका थिए भने अर्का आमन्त्रितमा त्यहाँको स्थानीयस्तरको एक सामान्य होटेलका साहु थिए । 

कलाम राष्ट्रपति हुनुपूर्व वैज्ञानिकका रूपमा लामो समयसम्म त्रिवेन्द्रमा रहेका थिए । त्यहाँ बस्दादेखि नै ती मोची र होटेलका साहुसित उनको मित्रता गाँसिएको थियो । आफू राष्ट्रपति भएपछि पनि कलामले ती दुईसितको मित्रता भुलेका थिएनन् । उनले विशिष्ट व्यक्तिहरूलाई बोलाउनुको साटो उनीहरूलाई कार्यक्रममा निम्तो गरेर एक असल मित्रता र आफ्नो सादा जीवनको परिचय दिएका थिए ।

ad
ad