१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १८:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

फुटपाथ व्यवसायी धपाउने क्रममा भएको झडपमा घाइते १६ जना डिस्चार्ज 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १८:३o:oo

बुधबार साँझ सुन्धारामा भएको नगर प्रहरी र फुटपाथ व्यापारीबीचको झडपमा घाइते भएका १६ जना डिस्चार्ज भएका छन्। राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना भएका सबै घाइते मध्याह्न १२ बजे डिस्चार्ज भएको ट्रमा सेन्टरले जनाएको छ।

सेन्टरका प्रमुख डा‍. बद्री रिजालका अनुसार ६ जना फुटपाथ व्यापारी र १० जना नगर प्रहरी घाइते भएका थिए। सबै घाइते चेकजाँचपछि डिस्चार्ज भएको डा. पौडेलले जानकारी दिए। उनका अनुसार सबैको अवस्था सामान्य देखिएको छ। केहीको पाखुरा, ढाड र टाउकोमा चोट लागेको छ। तर, ठूलो समस्या नदेखिएकाले उनीहरूलाई अस्पतालले डिस्चार्ज गरेको हो।

बुधबार साँझ सुन्धारास्थित सडकपेटीमा पसल थापिरहेका फुटपाथ व्यापारी धपाउन नगर प्रहरी पुगेको थियो। सोही क्रममा झडप भएको थियो। लाठीसहित पुगेको नगर प्रहरीले फुटपाथ व्यापारीलाई लाठी चार्ज गरेको थियो भने फुटपाथ व्यापारीहरूले पनि ढुंगा, काठ र लठ्ठीले नगर प्रहरीलाई प्रहार गरेका थिए।

महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार नगर प्रहरी फुटपाथ व्यापारी हटाउन जाँदा झडप भएको हो। ‘महानगरले गरिखाने ठाउँ दिएन भनेर धेरै असुन्तुष्ट छन्, यहाँ रोजीरोटीको ठूलो समस्या छ,’ उनले भने, ‘झडपमा नगर प्रहरीमाथि पनि कुटपिट भएको थियो।’