१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १३:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भन्सार छलेर ल्याइएकाे १७ लाखबराबरकाे सर्जिकल सामग्रीसहित तीनजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:३३:oo

प्रहरीले भन्सार छली गरेर ल्याउँदै गरेको १७ लाख ४० हजार रुपैयाँ मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार लहान नगरपालिका– १९ घर भएका करिब १९ वर्षीय निरस सदाय, राजेशकुमार सदाय र २४ का अशोक सदायलाई सर्जिकल सामग्री, सामान लोड गरिएको स्कुटरसहित पक्राउ गरिएको हो।

भन्सार छलेर सर्जिकल सामान ल्याउँदै गरेको गोप्य सूचनाको आधारमा बुधबार अपराह्न लहान नगरपालिका– ४ को भित्री सडकखण्डमा उत्तरतर्फ आउँदै गरेको प्र.२–०१–००२ प.८६०२ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्दा दुईवटा प्लास्टिकको बोरामा प्याक गरी लुकाएको अवस्थामा १७ लाख ४० हजार मूल्यका ६ प्रकारका सर्जिकल सामग्री बरामद भएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए।

उनका अनुसार २० प्याकेट बाइपोलन हिप प्रास्थेसिस, एक सेट एक्सपेन्ट टिविजजन्स्रुमन्ट, एक सेट सुप्रा इन्क्सथमेन्ट, एक सय ९५ थान विभिन्न साइजका साना–ठूला स्टिल प्लेट, २५ थान मझौला तथा मसिनो स्टिलको रड तीन पोका गरी १७ लाख ४० हजार तथा स्कुटरको करिब ५० हजार रुपैयाँ मूल्य कायम गरी स्कुटर र पक्राउ गरिएका तीनजनालाई आवश्यक कारबाहीका लागि ठाडी भन्सार बुझाइएको छ।