मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o फाल्गुण १६ बुधबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका विराटनगर
२o८o फाल्गुण १६ बुधबार १२:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले ‘मिसन ८४’ मा छ : अध्यक्ष ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८o फाल्गुण १६ बुधबार १२:o५:oo

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी ओलीले एमाले हाल ‘मिसन–८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको बताएका छन् ।  ‘मिसन ८४’ अर्थात् ०८४ मा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ एमाले अघि बढेको उनकाे भनाइ थियो।

आज विराटनगर आएका पूर्वप्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त  कुराकानी गर्दै सो धारणा राखेका हुन् । उनले वर्तमान गठबन्धन सरकार सरकार टिकाउने काममा मात्र लागेको आरोप पनि लगाए । साथै अध्यक्ष ओलीले नेपाली कांग्रेस ठूलो पार्टी भएर पनि मुलुकको विकासमा समयानुकूल अघि बढ्न नसकेको बताए । 

पूर्वप्रधानमन्त्री ओलीले भ्रष्टाचारको आरोप लागेका सरकारी ओहोदामा रहेकाहरूले राजीनामा दिएर सत्यतथ्य छानबिन गर्नका लागि सहयोग गर्नुपर्नेमा जोड दिए । उनले  प्राकृतिक सम्पदाले भरिपूर्ण हाम्रो मुलुकमा यथोचित विकास नहुनु दुःखद भएको भन्दै सरकार मुलुकको विकास र सुशासनमा जनताको मागअनुसार अघि बढ्न नसकेको बताए । अर्को एक प्रसंगमा उनले एमाले सत्य निरुपण तथा मेलामिलाप विधेयक पारित गर्ने पक्षमा रहेको पनि स्पष्ट पारे ।