१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार o८:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

परराष्ट्रसचिव लम्साल दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o८:o९:oo

परराष्ट्रसचिव सेवा लम्सालले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग मंगलबार शिष्टाचार भेट गरेकी छिन् । भारतीय समकक्षी विनयमोहन क्वात्राको निमन्त्रणामा पुनेमा आयोजित एसिया इकोनोमिक डाइलगमा सहभागी हुने क्रममा उनी मंगलबार दिल्ली पुगेकी छिन् । दिल्ली पुगेलगत्तै उनले विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेकी हुन् । 

भारतीय विदेशमन्त्री जयशंकरले भेटबारे ट्विटरमा जानकारी दिएका छन् । उनले भनेका छन्, ‘नेपालका परराष्ट्रसचिव सेवा लम्साललाई स्वागत गर्न पाउँदा खुसी छु । हाम्रो द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा भएका प्रगतिबारे सुन्न पाएकोमा प्रसन्न छु ।’ 

परराष्ट्रसचिव भएपछि लम्सालको भारतमा पहिलो भ्रमण हो । परराष्ट्रसचिव लम्सालले समकक्षी क्वात्रासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । पुनेमा १७ देखि १९ फागुनसम्म कार्यक्रम आयोजना हुनेछ । भारतीय विदेश मन्त्रालय र पुने इन्टरनेसनल सेन्टरद्वारा आयोजना गरिएको कार्यक्रममा लम्सालसँगै चिन्तन संस्था नेपाल सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे पनि सहभागी हुनेछन् ।

परराष्ट्रसचिव लम्साल १७ फागुनमा उद्घाटन सत्रमा सहभागी हुनेछिन् । दक्षिण एसियाको आर्थिक एकीकरणका विषयमा उनले कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । उद्घाटन सत्रलाई परराष्ट्रसचिव लम्सालसहित भारतीय विदेशसचिव क्वात्रा र बंगलादेशका विदेशसचिव मसुन बिन मोमेनले पनि सम्बोधन गर्ने कार्यक्रम छ । क्षेत्रीय कनेक्टिभिटीका विषयमा १९ फागुनमा आयोजित सत्रलाई परराष्ट्र मामिलाविज्ञ डा. पाण्डेले सम्बोधन गर्ने कार्यक्रम छ । परराष्ट्रसचिव लम्साल १८ फागुनमा स्वदेश फर्किने कार्यक्रम छ । 
 

ad
ad