१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण १६ बुधबार ०६:१४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेबोन अध्यक्ष नियुक्तिको कार्यविधि तयार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण १६ बुधबार ०६:१४:००

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिससम्बन्धी कार्यविधि, २०८० तयार भएको छ । अध्यक्ष सिफारिस समितिले मंगलबार कार्यविधि सार्वजनिक गरेसँगै अध्यक्ष पदका लागि बाटो खुलेको छ ।

 सरकारले ४ माघमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थसचिव कृष्णहरि पुष्कर र शंकरदेव क्याम्पसका प्राध्यापक उदय निरौला सदस्य रहेको सिफारिस समिति गठन गरेको थियो । 

धितोपत्रसम्बन्धी ऐन, २०६३ मा भएको व्यवस्थाबमोजिम राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा गरिएको समितिले धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि कार्यविधि बनाएपछि आवेदन खुला गर्नुपर्छ । अर्थ मन्त्रालयका अनुसार १५ दिनको समयसीमा तोकेर केही दिनमै सूचना निकालेर आवेदन खुला गरिनेछ । उम्मेदवारले कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्छ ।