१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
सदरमुकाम मार्तडीस्थित खाद्य कम्पनीको डिपोमा चामलका लागि लाइन लागेका सर्वसाधारण । फाइल तस्बिर : रासस
गगन अयडी बाजुरा
Invalid date format o६:१२:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बाजुरामा चामलको आपूर्ति बढाइने

Read Time : > 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
Invalid date format o६:१२:oo

जिल्ला प्रशासन कार्यालय बाजुराको नेतृत्वमा बसेको सर्वदलीय बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई पर्याप्त चामल ढुवानी गरी आपूर्ति बढाउन निर्देशन दिएको छ । 

बाजुरामा पर्याप्त चामल ढुवानी नहुँदा चामलका लागि नागरिक लाइन लाग्नुपरेको समाचार सार्वजनिक भएसँगै स्थानीय प्रशासनको नेतृत्वमा यस्तो निर्देशन दिइएको हो । पर्याप्त मात्रामा चामल नहुँदा जिल्ला खाद्य कार्यालय बाजुरामा चामल किन्नेको हानाथाप भइरहेकोबारे सोमबार नयाँ पत्रिकामा कभर स्टोरी प्रकाशित भएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय बाजुराले सर्वदलीय बैठक आह्वान गरेको थियो ।

भीमकान्त पौडेल, प्रजिअ, बाजुरा

मागअनुसारको ढुवानी नहुँदा स्थानीयले अनावश्यक झन्झट र समस्या भोग्नुपरेको छ । तत्काल ढुवानी कार्य गराउने गरी पहल गरिनेछ । जिल्लाका लागि निर्धारण गरिएको कोटाअनुसारको चामल ढुवानी कार्य समयमै गरी चामलका लागि लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य गर्नेछौँ ।

बैठकले चामलको आपूर्ति तत्काल गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको संयोजकत्वमा बसेको बैठकमा स्थानीयस्तरमा क्रियाशील प्रमुख चार राजनीतिक दल कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादीका नेता तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका बाजुरा शाखा प्रमुख सहभागी थिए ।

प्रजिअ पौडेलले जिल्लाका लागि निर्धारण गरिएको कोटाअनुसारको चामल ढुवानी कार्य समयमै गरी चामलका लागि लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य गरिने बताए । उनले मागअनुसारको ढुवानी नहुँदा स्थानीयले अनावश्यक झन्झट र समस्या भोग्नुपरेको भन्दै तत्काल ढुवानी कार्य गराउने गरी पहल गरिने बताए । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णाली र सुदूरपश्चिमका पहाडी जिल्लामा अनुदानमा चामल बिक्री गर्छ । तर, मार्तडी डिपोमा २४ भदौमा चामल सकिएकोमा फागुनमा आएर फेरि बिक्री सुरु भएको हो । फागुनमा आएको तीन सय क्विन्टल चामल शुक्रबार र आइतबार साढे आठ सयभन्दा धेरै परिवारलाई वितरण गरिएसँगै सकिएको खाद्य कम्पनीले जनाएको छ । ‘अब विपत् र जिल्ला कारागारका कैदीका लागि दुई सय क्विन्टल चामल मौज्दात राखिएको छ, जुन उपभोक्तालाई बिक्री गर्न मिल्दैन । थप चामल आएपछि बिक्री हुन्छ,’ भण्डारीले भने । 

ठेकेदारले समयमै चामल ढुवानी नगर्दा स्थानीयले बजारको चामल किनेर खानुपर्ने बाध्यता आउने गरेको छ । संस्थानले केही रुपैयाँ सहुलियत दरमा दिने गर्दा स्थानीयले खाद्यान्नकै चामल रोज्ने गरेका छन् । बजारमा मोटा चामल ६२ रुपैयाँमा बिक्री हुँदा खाद्य संस्थानमा ५९ रुपैयाँ प्रतिकेजीमा पाइने गरेको छ ।

पर्याप्त बजार क्षेत्र भएर पनि बाजुरामा खाद्यान्न अभाव हुने गरेको सन्देश जाने भएकाले अनुदान दिने मापदण्ड पनि तोकिनुपर्ने र जबर्जस्त अभाव सिर्जना गरिने काम बन्द गरिनुपर्ने कांग्रेसका उपसभापति पदम बडुवालले बताएका छन् । उनले भोकै हुने गरी बाजुरामा खाद्यान्न अभाव हुने अवस्था नआएको बताए ।

एमाले अध्यक्ष भरत थापाले कार्यालय खडा गर्ने, समयमै चामल उपलब्ध नगराउने, चामलमा पनि नाम मात्रैको अनुदान दिने कुरा गलत भएको भन्दै उद्देश्यअनुसार खाद्य संस्थानले काम गरी समयमै चामल आपूर्ति गर्नुपर्ने सुझाव दिए । एकीकृत समाजवादीका अध्यक्ष पुर रावतले जिल्लाको मागअनुसार ठेकेदारले समयमै चामलको आपूर्ति गर्न नसक्दा नागरिकले चामलका लागि लाइन लाग्नुपर्ने अवस्था आएको चर्चा गरे ।