१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार २२:११:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

प्यालेस्टाइनलाई पन्छाउँदै जोर्डन फाइनलमा, आज मध्यरात नेपालले लेबनानको सामना गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार २२:११:oo


जोर्डन वाफ २०२४ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । भर्खरै सकिएको पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० गोलले पराजित गर्दै जोर्डनले बिहीबार हुने उपाधि भिडन्तका लागि फाइनलमा स्थान बनाएको हो । 

जोर्डनले आजै मध्यरात हुने दोस्रो सेमिफाइनलको विजेतासँग फाइनलमा भिडन्त गर्नेछ । दोस्रो सेमिफाइनलमा नेपाल र लेबनान प्रतिस्पर्धा गर्दैछन् । 

जोर्डनले प्यालेस्टाइनको पोस्टमा पहिलो हाफमा दुई तथा दोस्रो हाफमा तीन गोल गर्‍याे । डिफेन्डिङ च्याम्पियन जोर्डन यस प्रतियोगिताको सर्वाधिक सफल टिम हो । 

सन् २००५ बाट सुरु भएको वाफ वुमन्स च्याम्पियनसिप दुई–दुई वर्षमा आयोजना हुने गरेको छ । यसबीच सातपटक प्रतियोगिता आयोजना हुँदा जोर्डन पाँचपटक विजेता बनेको छ । सन् २०२२ मा घरेलुमैदानमा आयोजित प्रतियोगितामा लेबनानलाई पराजित गर्दै जोर्डनले उपाधि उचालेको थियो । 

यसपटकको प्रतियोगितामा नेपाल आमन्त्रित टिमका रूपमा सहभागी भएको हो । नेपालसँगै गुआम पनि आमन्त्रित टिमका रूपमा सहभागी थियो । 
 

ad
ad