१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १७:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दुई महिनादेखि बन्द कुलेखानी–फाखेल सडकखण्ड बुधबारदेखि खुल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:१४:oo

स्तरोन्नतिका लागि दुई महिनादेखि बन्द कुलेखानी–फाखेल सडकखण्ड बुधबारदेखि सुचारु हुने भएको छ। मंगलबार इन्द्रसरोवर गाउँपालिकाले सूचना जारी गर्दै सडकखण्ड सुचारु हुने जानकारी गराएको हो।

बन्द सडकखण्ड बुधबारबाट सुचारु गर्न लागेको गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ। कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडकखण्ड प्रदेश राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटो मार्ग हो।

यस सडकखण्डको मकवानपुर र काठमाडौं दुवैतर्फ स्तरोन्नतिको काम भइरहेको छ। स्तरोन्नतिका लागि गत पुस १६ गतेदेखि कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडकखण्डको मकवानपुरतर्फको कुलेखानी–फाखेल–हुमानेभञ्ज्याङ सडकखण्ड दुई महिनाका लागि बन्द गरिएको थियो।

कुलेखानी–चखेल–देउराली–मातातीर्थ–सतुंगल सडकखण्ड एक साता बन्द
यता मकवानपुर भएर काठमाडौं जोड्ने अर्को छोटो दूरीको कुलेखानी–महालक्ष्मी खोला–चखेल–देउराली–मातातीर्थ–सतुंगल सडकखण्ड भने एक साताका बन्द गरिएको छ।

उक्त सडक स्तरोन्नतिको काम चलिरहेकाले मंगलबारदेखि एक साताका लागि बन्द गरिएको हो। महालक्ष्मी–दोभान–घट्टेखोला–चखेल–देउराली–मातातीर्थ–सतुंगल सडकको मातातीर्थ सडक खण्डमा स्तरोन्नतिको काम भइरहेकाले बन्द गरिएको इन्द्रसरोवर गाउँपालिका–५ का वडाध्यक्ष दूतराज तितुङले जानकारी दिए।

उनले मातातीर्थ सडक खण्डमा रोलर ग्रेडरसहित सब–बेस रोलिङ गर्ने काम भइरहेकोले एक साताका लागि बन्द गरिएको बताए।

ad
ad