१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
दीपक भट्ट रामेछाप
२०८० फाल्गुण १५ मंगलबार १०:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माझी समुदायको कोशी पूजामा पालिकाले दियो स्थानीय बिदा

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०८० फाल्गुण १५ मंगलबार १०:४४:००

माझी समुदायको मुख्य ठूलो चाड कोशी पूजा (लदी पूजामा)को अवसरमा खाँडादेवी गाउँपालिकाले आज स्थानीय बिदा दिएको छ । गाउँपालिकाले स्थानीय संस्कृति र पहिचानको सम्मान गर्दै माझी समुदायको कोशी पूजाको अवसरमा माझी समुदायका कर्मचारी, शिक्षक, विद्यार्थी र विभिन्न संघसंस्थामा काम गर्दै आएकाको हकमा एक दिन स्थानीय बिदा दिइएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी   दिए । 

त्यसैगरी, माझी समुदायको कोशी पूजाको अवसरमा मन्थली नगरपालिकामा सञ्चालित निजी तथा आवासीय विद्यालयले पनि सार्वजनिक बिदा दिएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनले माझी समुदायको लदी पर्व (कोशी पूजा)को अवसरमा मन्थली नगरपालिका– १ मन्थलीमा सञ्चालित लिटल स्टार इंग्लिस स्कुल, तामाकोशी अंग्रेजी आवासीय विद्यालय, केब्स स्कुल र मन्थली नगरपालिका– ७ मुगीटारमा सञ्चालित नर्मदेश्वर बोर्डिङ स्कुलमा सार्वजनिक बिदा दिएको हो । 

मन्थली नगरपालिका– १ मन्थली र वडा नम्बर ७ भटौलीमा रहेका सबै संस्थागत विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्याब्सन रामेछापका अध्यक्ष केशव तिमल्सिनाले जानकारी दिए ।