Skip This
जनप्रतिनिधिले नै लगाए पर्सा गाउँपालिकामा ताला 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १५ मंगलबार
  • Saturday, 27 July, 2024
२o८o फाल्गुण १५ मंगलबार १o:२२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

जनप्रतिनिधिले नै लगाए पर्सा गाउँपालिकामा ताला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण १५ मंगलबार १o:२२:oo

जनप्रतिनिधिहरू (वडाध्यक्ष)बीचको विवादले सर्लाहीको पर्सा गाउँपालिका कार्यालय दुई सातादेखि ठप्प छ । उनीहरूले १ फागुनमा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

गाउँपालिकामा भइरहेका गतिविधिबारे सूचना माग्दा नदिएपछि तालाबन्दी गरेको पर्सा गाउँपालिका– २, का वडाध्यक्ष राकेश रामले बताए ।

आर्थिक वर्ष ०७९/८० मा सम्पन्न भएका योजनाको आर्थिक विवरण तथा आयव्यय माग गर्दा नदिएको, विभिन्न शिर्षकमा खर्च भएका हिसाब पारदर्शी नभएको, पालिकाका कर्मचारीले जिम्मेवारीअनुसार काम नगरेर दुःख दिएको उनले आरोप लगाए ।

वडाध्यक्षहरूले गत आर्थिक वर्ष ०७९/८० को फाँटवारी, जिन्सी प्रतिवेदन, राजस्व दाखिला प्रतिवेदनलगायत विवरण उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।