मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० फाल्गुण १५ मंगलबार ०७:४४:००
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. केदारभक्त माथेमालाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० फाल्गुण १५ मंगलबार ०७:४४:००

चारवर्षे स्नातक तहलाई तीन वर्षमा झार्ने बहसलाई कसरी हेर्नुभएको छ ?
मैले यस विषयमा राम्ररी अध्ययन गर्न त पाएको छैन । तर, नयाँ भिसीसाबले यस विषयमा बोल्नुभएको हुनाले सायद उहाँले यसबारे केही सोचेरै बोल्नुभएको होला । विगतमा तीनवर्षे स्नातक तहलाई बाहिरका विश्वविद्यालयसित तालमेल मिलाउने उद्देश्यले चारवर्षे बनाइएको थियो । खासगरी यहाँको शिक्षालाई सबैतिर स्वीकार्य बनाउन निश्चित क्रेडिट आवर पूरा गरेको हुनुपर्छ । पहिले यहाँबाट स्नातक गरेर बाहिर पढ्न जाने विद्यार्थीले थप एक वर्ष अध्ययन गर्नुपथ्र्यो । सायद यस विषयमा विश्वविद्यालयले अध्ययन गरेर लेखाजोखा गरेको होला । 

चारवर्षे स्नातकलाई तीनवर्षे बनाउँदाका फाइदा–बेफाइदा के–के छन् ?
तीनवर्षे बनाउँदा कम समय लाग्छ । गाउँगाउँबाट सहरमा डेरा गरी पढ्ने विद्यार्थीको एक वर्षको खर्च कम हुन्छ । उसले छिटो जागिरमा जान सक्छ । यो विद्यार्थी र अभिभावक दुवैका लागि फाइदाको विषय हो । तर, बाहिरको अवस्था पनि हामीले हेर्नुपर्छ । विशेषगरी सार्क मुलुकको अवस्था अध्ययन गर्नुपर्छ । बाहिरका विश्वविद्यालयसँगको समकक्षता नहुन सक्छ । यो पक्षबारे चाहिँ विश्वविद्यालय सजग हुनुपर्छ । 

त्रिविमा शैक्षिक क्यालेन्डर लागू गर्न किन नसकिएको होला ?
म भिसी हुँदाको समयमा पनि यो समस्या थियो । शैक्षिक क्यालेन्डरको ‘अपरेसन’ सहज थिएन । पहिल्यैदेखि बाँकी रहेका विषयका परीक्षा गर्दागर्दै समय जान्छ । कतिपय विषयमा धेरै परीक्षार्थी हुने हुँदा उत्तरपुस्तिका परीक्षण गर्ने मान्छेसमेत नपाइने पनि हुन्छ । तर, जेजस्ता समस्या भए पनि यो लागू गर्न सकिन्छ र नयाँ भिसीसाबको पहल सकारात्मक छ ।