१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १४ सोमबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण १४ सोमबार १७:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महिलाको गोप्य तस्बिर खिचेको आरोपमा पक्राउ परेका डिएसपीलाई २५ हजार धरौटीमा छाड्ने आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण १४ सोमबार १७:२५:oo

रेस्टुरेन्टको शौचालयमा महिलाको गोप्य तस्बिर तथा भिडियो खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका तुलसिंह केसीलाई अदालतले २५ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले केसीलाई धरौटीमा छाड्न आदेश दिएको हो। डिएसपी केसी गत ५ फागुनमा स्वयम्भुस्थित रेस्टुरेन्टबाट पक्राउ परेका थिए।

रेस्टुरेन्टमा आएकी एक युवती शौचालयमा गएका वेला बाथरुमको माथिल्लो खुला भागबाट उनले मोबाइलबाट तस्बिर तथा भिडियो खिचेका थिए। जसविरुद्ध महिलाले उजुरी दिएकी थिइन्।

मुलुकी अपराधसंहिताको दफा १२१ अनुसारको कसुरअनुसार केसीविरुद्ध आइतबार मुद्दा दायर भएको थियो।