१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नवीन गुरुङ संखुवासभा
Invalid date format १३:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभामा कर्मचारी सञ्चय कोषको घुम्ती शिविर, ७७६ सेवाग्राही लाभान्वित

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
Invalid date format १३:o३:oo

कर्मचारी सञ्चय कोषले पहिलोपटक आयोजना गरेको घुम्ती शिविरबाट संखुवासभाका सात सय ७६ सेवाग्राही लाभान्वित भएका छन्।

कर्मचारी सञ्चय कोष सेवा केन्द्र धनकुटाको आयोजनामा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा सुरु भएको घुम्ती शिविर आइतबार समापन भएको छ। उक्त घुम्ती शिविरमा संखुवासभा र आसपास क्षेत्रका सात सय ७६ सेवाग्राहीले सेवा लिएका कर्मचारी सञ्चय कोष सेवा केन्द्र धनकुटाका सहायक प्रबन्धक–सूचना अधिकारी देवानन्द वैजनाथले जानकारी दिए। 

उनका अनुसार, सञ्चयकर्ता डिजिटल परिचयपत्र वितरण तीन सय ७७ जना, सञ्चय कोष भुक्तानी र सापटी एक–एकजना, औषधि उपचार फारम संकलन चार जना, खाता एकीकरण फारम संकलन आठजना, शिशु स्याहार फाराम संकलन १३ जना तथा केवाइसी अद्यावधिक तीन सय ७२ जना गरी कुल सात सय ७६ जनाले सेवा लिएका सूचना अधिकारी बैजनाथले बताए।

कार्यक्रममा सोधपुछ र सल्लाह परामर्शसमेत गरी करिब एक हजारभन्दा बढी कर्मचारी लाभान्वित बनेका बैजनाथको भनाइ छ। कर्मचारी सञ्चय कोषले देशभरमै पहिलोपटक संखुवासभाको सदरमुकाम खाँदबारीमा घुम्ती शिविर आयोजना गरेको हो।

घुम्ती शिविरमा कर्मचारीलाई सञ्चयकर्ता नयाँ परिचयपत्र वितरण, केवाइसी विवरण अपडेट तथा नयाँ, असक्त सञ्चयकर्ताका लागि सञ्चयकर्ता कार्यालय अपडेट, विशेष सापटी, सञ्चय कोष भुक्तानी र छुट भुक्तानी, सुत्केरी तथा शिशु स्याहार सुविधा, काजकिरिया अनुदान, कोषकट्टी खाता एकीकरणलगायतको सेवा प्रवाह गरिएको थियो।