१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १४:o५:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

आनीको जीवनीप्रेरित ‘आनी छोइङ डोल्मा’ निफको ओपनिङ फिल्म

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १४:o५:oo

आनी छोइङ डोल्माको जीवनीप्रेरित डकुमेन्ट्री ‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’ नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को ओपनिङ फिल्म रहने भएको छ। फेस्टिभल अध्यक्ष केपी पाठकले जेनिफर लिन र सान बाई निर्देशित डकुमेन्ट्री महोत्सवको उद्घाटनसँगै देखाइने फिल्मको रूपमा रहने जानकारी गराएका छन्।

आनीको सांगीतिक यात्रा, भिक्षु जीवन र समाजसेवालाई डकुमेन्ट्रीले प्रस्तुतिको विषय बनाएको छ। तर, निर्देशक लिनले डकुमेन्ट्री आनीको स्वतन्त्रताको प्राप्तिको खोजको रूपमा पनि प्रस्तुत गर्ने प्रयास रहेको बताएकी छिन्।

हङकङको सिटी युनिभर्सिटीमा आमसञ्चारकी प्राध्यापक लिनले आनीलाई सात वर्ष पछ्याएर यो डकुमेन्ट्री तयार गरेकी हुन्। सन् २०१० मा गरिबीमा हुर्किएका बालिकाको शिक्षाका लागि आनीले स्थापना गरेको आर्यतारा स्कुलको भ्रमणपछि डकुमेन्ट्री बनाउने सोच पलाएको र यसको पाँच वर्षपछि काम थालेको लिनले अन्तर्वार्ताहरूमा बताएकी छिन्।

सात वर्ष लगाएर बनाएको डकुमेन्ट्री अहिले विश्वका फिल्म फेस्टिभलमा आकर्षणको केन्द्र रहँदै आएको छ। डकुमेन्ट्रीले गत साल वार्सा इन्टरनेसनल फिल्म फेस्टिभलमा एसियन प्यासिफिक अडियन्स अवार्ड र नेटप्याक अवार्ड जितेको थियो।

डकुमेन्ट्री निफमा पनि माउन्ट एभरेस्ट अवार्डका लागि प्रतिस्पर्धामा रहेको छ। यो विधामा देश विदेशका १३ वटा डकुमेन्ट्री प्रतिस्पर्धामा रहेका छन्। विजेता चलचित्रले एक हजार नगद राशिको माउन्ट एभरेस्ट अवार्ड प्राप्त गर्नेछन्।

चैत १ देखि ५ गतेसम्म चल्ने चलचित्र महोत्सवमा यो साल ४० देशका ८८ फिल्म प्रदर्शन हुँदै छन्। प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तर्क्रियाका कार्यक्रम पनि आयोजना गरिने आयोजकले जनाएको छ। महोत्सवमा प्रदर्शन हुने चलचित्र क्युएफएक्स सिनेमाका शाखाहरू सिभिल मल, लबिम मल, भक्तपुर र छाया सेन्टरका हलमा प्रदर्शन हुनेछन्।