१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
रासस धनुषा
Invalid date format १४:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीद्वारा कठाल–मल्हनिया–मल्टिस्पान झोलुंगे पुल उद्घाटन

Read Time : < 1 मिनेट
रासस, धनुषा
नयाँ पत्रिका
Invalid date format १४:oo:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुंगे पुलको उद्घाटन गरेका छन्।

सिराहा नगरपालिका– १३ मल्हनिया र जनकनन्दिनी गाउँपालिका– ६ कठाल जोड्ने कठाल–मल्हनिया–मल्टिस्पान झोलुंगे पुलको प्रधानमन्त्रीले शनिबार उद्घाटन गरेका हुन्।

करिब रु. २८ करोड ८५ लाखको लागतमा निर्मित पुलको भारबहन क्षमता पाँच सय ४० मेट्रिक टन छ। चार फिट चौडा पुलबाट सर्वसाधारण, चौपाया, साइकल र मोटरसाइकल सहजै सञ्चालन गर्न सकिन्छ।

यसैबीच, स्थानीय प्रशासनले पुलको दीर्घकालीन उपयोगका निम्ति भारबहन गर्ने सवारीसाधन टेम्पोलगायत साधन तीव्र गतिमा नचलाउन र साइकल, मोटरसाइकल पनि डोर्‍याएर नदी पार गर्न सम्बद्ध सबै प्रयोगकर्तामा अनुरोध गरेको छ।