१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format o६:१३:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

कानुन सबैलाई बराबर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:१३:oo

कोरोना भाइरसले संसारलाई त्रस्त पारिरहेको थियो । संसारभर करोडौँ मानिस यसबाट संक्रमित भइरहेका थिए भने लाखौँ मानिसले ज्यान गुमाइसकेका थिए । विकासमा पछि परेका गरिब मुलुकदेखि विकासमा निकै अघि रहेका र बलियो स्वास्थ्य प्रणाली भएका विकसित मुलुकसमेत कोरोनाका कारण अस्तव्यस्त बनेका थिए । कोरोनाकै कारण विभिन्न देशले कडा लकडाउन, निषेधाज्ञा या समूहमा भेला हुन नपाउनेजस्ता नियम कडाइसाथ लागू गरेका थिए । 

सोही क्रममा नर्वेमा आफ्नै सरकारले लागू गरेको नियम उल्लंघन गरेको अभियोगमा त्यहाँकी तत्कालीन प्रधानमन्त्री एर्ना सोलबर्गले जरिवाना तिर्नुपरेको थियो । फेब्रुअरी २४ मा सोलबर्गको जन्मदिन परेको थियो । देशमा बढ्दो कोरोना संक्रमणकै कारण उनले आफ्नो जन्मदिन अत्यन्त सामान्य रूपमा मनाउने निर्णय गरिन् । जन्मदिन मनाउन उनी आफ्नो परिवार र अत्यन्त निकट आफन्तहरूका साथमा राजधानी ओस्लोबाहिरको होल नगरापालिकास्थित एक रेस्टुरेन्टमा पुगिन् । जन्मदिनमा उनीसहित जम्मा १४ जना आफन्तको उपस्थिति थियो । उनको जन्मदिनबारे एक टेलिभिजन च्यानलले समाचार प्रसारित गरी उनले कोरोना नियन्त्रणका लागि १० जनाभन्दा बढी एकसाथ भेला हुन नपाइने भनी आफ्नै सरकारले सार्वजनिक गरेको नियम उल्लंघन गरेको खुलासा गर्‍यो । 

समाचार प्रकाशित भएपछि त्यहाँको प्रहरीले यससम्बन्धी अनुसन्धान गर्‍यो । अनुसन्धानबाट प्रधानमन्त्री सोलबर्गले नियम उल्लंघन गरेको पुष्टि भयो । प्रहरीले सोलबर्गले २० हजार क्रोनर (करिब दुई लाख ८० हजार नेपाली रुपैयाँ) जरिवाना तिर्नुपर्ने बताएपछि प्रधानमन्त्री सोलबर्गले समाचार प्रकाशित गर्ने टेलिभिजनसित कुरकानी गर्दै आफूले राम्रोसँग ध्यान दिन नसक्दा नियम उल्लंघन हुन गएकोमा क्षमायाचना गर्दै सार्वजनिक रूपमा माफी मागिन् । र, खुसीसाथ प्रहरीले तोकेको जरिवाना पनि तिरिन् । यो घटनापछि नर्वेली जनतामाझ सोलबर्गप्रतिको सम्मान थप बढेको र उनको कदमको खुब प्रशंसा भएको थियो ।