१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १८:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नक्कली नोटसहित बाराबाट एकजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:४८:oo

बाराको निजगढ नगरपालिका– ९  स्थित बजारमा नक्कली नोट दिई सामान खरिद गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन्। 

बारागढी गाउँपालिका–२ दौरवा बस्ने ३४ वर्षीय दीपेन्द्र माझी नक्कली भारतीय नोटसहित निजगढबाट पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनको साथबाट एक हजार दरका दुई थान नोट गरी दुई हजार नक्कली भारतीय रुपैयाँसहित नियन्त्रणमा लिएको हो।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

ad
ad