१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
फाइल तस्बिर ।
Invalid date format १५:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित, विधेयक पेस हुन सकेन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:१o:oo

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, २०८० पेस गर्ने समयमा आवश्यक गणपूरक संख्या नपुगेपछि बैठक स्थगन भएको हो ।
     
उक्त विधेयक पेस नगर्न नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पेस गरेको विरोधको सूचनालाई सभामुख देवराज घिमिरेले बैठकमा निर्णयार्थ पेस गर्न लाग्दा एमाले सचेतक महेश बर्तौलाले गणपूरक संख्या यकिन गर्न माग गरेका थिए ।

तत्पश्चात् सभामुख घिमिरेले तीन मिनेटको जनाऊ घन्टी बजाई सचिवालयमार्फत संख्या यकिन गर्न लगाउँदा एकचौथाइ सदस्य नपुगेपछि विधेयक पेस गर्ने कार्यसूची हटेको हो ।

सभामा हाल कायम रहेकाको एकचौथाइ पुग्न ६९ सदस्य उपस्थित हुनुपर्नेमा उक्त समयमा ६५ सदस्य मात्रै उपस्थित भएको जानकारी सभामुख घिमिरेले बैठकलाई गराए । नेपालको संविधानको धारा ९४ बमोजिम सदनमा कुनै पनि प्रस्ताव वा विधेयक निर्णयार्थ पेसा गर्दा कम्तीमा एकचौथाइ सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ ।

बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ०७८ मा ल्याइएको दलसम्बन्धी अध्यादेश खारेज भइसकेकाले साबिकको ऐनमा भएका व्यवस्थाहरू कायम राख्न विधेयक ल्याइएको जवाफ दिएकी थिइन् । 

मन्त्री शर्माले संविधान निर्माणका समयमा भएका छलफल र बहसलाई ध्यान दिएर संविधान बनेको र निर्वाचनसम्बन्धी कानुन बनेकाले यसको पक्ष–विपक्षमा बहस गरिरहनु नपर्ने उल्लेख गरिन् । 

सांसद सुवालले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा दृष्टिकोण राख्ने सबै राष्ट्रिय पार्टी हुनुपर्नेमा समानुपातिकतर्फ तीन प्रतिशत सीमा कटाउन नसक्ने राष्ट्रिय दल नहुने व्यवस्था हटाइनुपर्ने बताए । उनले निर्वाचनमा नीति र सिद्धान्तका आधारमा प्रतिस्पर्धा हुनुपर्ने भएकाले गठबन्धन हुन नहुने माग गरे । (रासस)