१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १२:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

‘यति धेरै प्रदेश, यति धेरै मन्त्री र सांसद किन चाहियो ?’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १२:५५:oo

कांग्रेस सांसद डा. चन्द्रकान्त भण्डारीले मुलुकमा प्रदेश, मन्त्री र सांसदको संख्या बढी भएको बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा उपलब्ध विशेष समयमा कांग्रेसको तर्फबाट धारणा राखेका डा. भण्डारीले विश्वको सबैभन्दा राम्रो संविधान बनाए पनि प्रदेशको संख्या, मन्त्री र सांसदको संख्या अनावश्यक रहेको बताए । 

‘हामीले विश्वको सबैभन्दा राम्रो संविधान बनायौँ भन्ने मलाई लाग्छ । हामीले समावेशी, समानुपातिक, दुर्गम, जातजाति, महिला समेटिएको संविधान त बनायौँ, तर राम्रो हुँदाहुँदा पनि मुलुकको अर्थतन्त्रले धानेन,’ उनले प्रश्न गरे, ‘के यति धेरै प्रदेशको आवश्यकता थियो ? के यति धेरै मन्त्री र सांसदको आवश्यकता थियो ? यसको जवाफ सिंगो संसद्ले दिनुपर्छ कि पर्दैन ?’ 

उनले यो मुलुक सीमित व्यक्तिका लागि मात्र नभएको भन्दै नेताहरूमा रहेको लोभ त्याग्न सके मुलुक बन्न सक्ने बताए । 

‘राणासँग लडेर प्रजातन्त्र ल्याउन, नागरिक अधिकार स्थापित गर्न हिजो धेरैले ज्यान दिए । अहिले त कसैले ज्यान दिनुपर्दैन । आफूभित्र भएको थोरै लोभ त्याग्यौँ भने पनि यो देश बन्छ,’ उनले भने । 

ad
ad