१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o८:३७:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कर्णालीमा भिटामिनयुक्त चामल बिक्री गरिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:३७:oo

कर्णालीमा भिटामिनयुक्त चामल बिक्री गरिने भएको छ । पौष्टिक तत्व कम हुँदा कुपोषण कायमै रहेपछि खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले कर्णालीमा पौष्टिक तत्व स्तरोन्नति गर्ने चामल’ (फोर्टिफाइड राइस) बिक्री गर्न लागेको हो ।

पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल (फोर्टिफाइड राइस)मा भिटानिम ‘ए’, भिटामिन ‘बी’, भिटामिन ‘बी २’, भिटामिन ‘बी ६’, भिटामिन ‘बी १२’, जिंक, आइरन, फोलिक एसिडलगायत शारीरिक र मानसिक स्वास्थ्यका लागि आवश्यक तत्व मिसाइएको खाद्य व्यवस्था तथा व्यापार केन्द्रका बिक्री–वितरण विभागका प्रमुख भीम थापाले बताए ।

‘सूक्ष्म पोषण तत्व मिसाइएको चामल हाम्रो भान्सामा पाक्नेछ । ठूला मिलहरूबाट आठथरी सूक्ष्म पोषण तत्व मिसाएर चामल उत्पादन थालिएको छ,’ उनले भने, ‘पहिलो चरणमा कर्णालीका जिल्लाहरूमा वितरण गर्ने गरी ६ सय मेट्रिक टन चामल सुर्खेत ल्याइएको छ ।’ पोषण तत्वको कमीका कारण २५ प्रतिशत बालबालिकामा पुड्कोपना देखिएको पोषण शाखाका प्रमुख थापाले बताए ।

‘यी तत्वको कमीले पुड्कोपना, रक्तअल्पता हुने, शरीरमा रोगसँग लड्ने प्रतिरक्षा क्षमता कमी हुने हुनाले त्यस्ता समस्या क्रमशः हटाउँदै लाने उद्देश्यअनुरूप सरकारले चामलमा यी तत्वहरू समावेश गरेर मात्र बजारमा पठाउने प्रबन्ध मिलाएको हो,’ उनले भने, ‘धेरै नेपालीको भान्सामा एक छाक अनिवार्य भात नै हुने भएकाले चामलमै मिसाउन उचित ठान्यौँ ।’