Skip This
राजमार्गमा विस्फोट हुँदा चार घाइते
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ९ बुधबार
  • Saturday, 27 July, 2024
२o८o फाल्गुण ९ बुधबार २२:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजमार्गमा विस्फोट हुँदा चार घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण ९ बुधबार २२:३१:oo

धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको भासुभीर सडकखण्डमा बुधबार साँझ विस्फोटक पदार्थ विस्फोट हुँदा चारजना घाइते भएका छन् । 

सडक मर्मतसम्भार गर्दै गरेको अवस्थामा भएको उक्त विस्फोटबाट एक्स्काभेटरका चालक डडेलधुराको आलिताल गाउँपालिकाका २४ वर्षीय विकास थापा, कैलालीको चुरे गाउँपालिकाका ४५ वर्षीय वसन्त खड्का, सुर्खेत घर भई कञ्चनपुर बस्दै आएका रोलर अपरेटर २२ वर्षीय हीरा थापा र विराटनगर घर भई कञ्चनपुर बस्दै आएका ३५ वर्षीय नवीन देव घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । 

उनले भने, ‘एक्स्काभेटरले सडकखण्ड फराकिलो पार्ने क्रममा अचानक विस्फोट भएको हो ।’ घटनालगत्तै फलटुँडेबाट प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो ।   

चारैजनाको अनुहार र आँखामा चोट लागेको छ । उनीहरु बोल्न सक्ने अवस्थामा रहेका प्रहरी नायब उपरीक्षक चन्दले बताए । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गरिएको छ । घाइते सबै कामदार रहेको बताइएको छ । (रासस)