१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
फाइल तस्बिर
Invalid date format १७:३६:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

अन्तरिक्षमा आणविक हतियार राख्ने कुनै मनसाय छैन : पुटिन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:३६:oo

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तरिक्षमा आणविक हतियार राख्ने मस्कोको कुनै मनसाय नरहेको मंगलबार घोषणा गरेका हुन्। उनले अमेरिका समान रुसले अन्तरिक्ष क्षमता विकसित गरेको दाबी गरे।

रुसले ‘चिन्तित तुल्याउने’ उपग्रह–विरोधी हतियार क्षमता हासिल गरेको ह्वाइट हाउसको गत साताको पुष्टिपछि पुटिनको उक्त भनाइ आएको हो। यद्यपि, अहिलेसम्म यस्तो प्रकारको कुनै पनि हतियार सञ्चालनमा छैन।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले यो अन्तर्राष्ट्रिय बाह्य अन्तरिक्ष सन्धिको उल्लंघन हुने बताए। यद्यपि उनले हतियार आणविक–सक्षम हो कि होइन भन्नेबारे टिप्पणी गर्न अस्वीकार गरे।  

रुससहित एक सय ३० भन्दा बढी देशले हस्ताक्षर गरेको सन्धिले अन्तरिक्ष कक्षमा ‘आणविक हतियार वा कुनै पनि अन्य प्रकारका सामूहिक विनाशका हतियार’ तैनाथ गर्न वा ‘कुनै अन्य तरिकाले बाहिरी अन्तरिक्षमा हतियार राख्न’ निषेध गर्दछ। ह्वाइट हाउसले चिन्ताहरूबारे रुसीहरूसँग सीधै कुराकानी गर्ने बताएको छ। 

‘हाम्रो स्थिति बिल्कुल स्पष्ट र पारदर्शी छ। हामी सधैँ अन्तरिक्षमा आणविक हतियारको तैनाथीको स्पष्ट रूपमा विरोध गर्दै आएका छौँ र गरिरहनेछौँ’, पुटिनले भने, ‘यसको ठीकविपरीत हामी सबैसँग यस क्षेत्रमा अवस्थित सबै सम्झौतालाई पालना गर्न आग्रह गरिरहेका छौँ।’

आफ्ना रक्षमन्त्री सर्गेई सोइगुसँगको एक बैठकका क्रममा पुटिनले भने, ‘रुसले त्यही मात्र अन्तरिक्ष क्षमता विकसित गरेको छ, जुन अमेरिकासहित अन्य मुलुकसँग छ र उनीहरूलाई यो थाहा छ।’

रक्षामन्त्री सोइगुले ह्वाइट हाउसमाथि युक्रेनलाई सहायताका लागि समर्थन गर्न कांग्रेसलाई बाध्य बनाउन र रुसले युक्रेनलाई लिएर अमेरिकासँगको तनावका बीचमा स्थगित गरेको आणविक हतियार नियन्त्रण वार्तामा पुनः सामेल हुन मस्कोलाई प्रोत्साहित गर्नका लागि गरेको हुनुपर्ने आरोप लगाए।  

राष्ट्रपति पुटिनले अमेरिकासँग सम्भावित सम्पर्कहरूलाई अस्वीकार गरेको, तर युक्रेनमा रुसको पराजयका लागि वासिंटनको दबाबले आफूहरूलाई असम्भव बनाएको आफ्नो धारणालाई पुष्टि गरे।