मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o फाल्गुण ९ बुधबार
  • Thursday, 27 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण ९ बुधबार १६:२७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्सेसँगै खुम्चियो कारोबार रकम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण ९ बुधबार १६:२७:oo

बुधबार पनि सेयर बजार घटेको छ। आज सेयर बजार परिसूचक नेप्से ६.४६ अंकले घटेर २०२६.५९ विन्दुमा झरेको छ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। मंगलबार तीन अर्ब ११ करोड ३५ लाखको कारोबार भएकोमा यस दिन ६३ लाख ४१ हजार एक सय ७४ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब २४ करोड ५४ लाखबराबरको सेयर कारोबार भएको छ।

आज ८० कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय ५९ वटाको घटेको छ। यस्तै, नाै कम्पनीको सेयर मूल्य स्थिर छ।  

समग्र बजार घटे पनि बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्त र हिमालयन ऊर्जाको सेयर मूल्य १० प्रतिशतले बढेको छ। 

हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ भने दोस्रो स्थानमा एनआइसी एसिया बैंक छ। 

आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावरको सेयर मूल्य ७.८४ प्रतिशतले घटेको छ।