१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १६:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेप्सेसँगै खुम्चियो कारोबार रकम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १६:२७:oo

बुधबार पनि सेयर बजार घटेको छ। आज सेयर बजार परिसूचक नेप्से ६.४६ अंकले घटेर २०२६.५९ विन्दुमा झरेको छ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। मंगलबार तीन अर्ब ११ करोड ३५ लाखको कारोबार भएकोमा यस दिन ६३ लाख ४१ हजार एक सय ७४ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब २४ करोड ५४ लाखबराबरको सेयर कारोबार भएको छ।

आज ८० कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय ५९ वटाको घटेको छ। यस्तै, नाै कम्पनीको सेयर मूल्य स्थिर छ।  

समग्र बजार घटे पनि बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्त र हिमालयन ऊर्जाको सेयर मूल्य १० प्रतिशतले बढेको छ। 

हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ भने दोस्रो स्थानमा एनआइसी एसिया बैंक छ। 

आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावरको सेयर मूल्य ७.८४ प्रतिशतले घटेको छ।  

ad
ad