१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format १२:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सभापति देउवाद्वारा मिडिया सेन्टर निरीक्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:२६:oo

कांग्रेस सभापति शेरबहादुर देउवाले महासमिति बैठक स्थलमा निर्माण गरिएको मिडिया सेन्टर निरीक्षण गरेका छन्। गोदावरी हलसँगै स्थापना गरिएको मिडिया सेन्टरको बुधबार बिहान सभापति देउवाले निरीक्षण गरेका हुन्।

मिडिया सेन्टरको निरीक्षण गर्दै उनले महासमिति बैठकको समाचार सम्प्रेषणको प्रभावकारितामा ध्यान दिन आग्रह गरे। उनले भने, ‘पत्रकारज्यूहरूले स्वतन्त्रपूर्वक देशकै ठूलो पार्टीको महासमिति बैठकका समाचारहरू सम्प्रेषण गरेर हामीलाई आवश्यक सुझाव दिँदै गर्नुहोला।’

मिडिया सेन्टरसहित सभापति देउवाले सूचना केन्द्र, स्वास्थ्य शिविर र भोजन व्यवस्थापनलगायतका व्यवस्थापनका विषयमा जानकारी लिए।  साथै, उनले व्यवस्थापनमा कुनै कमी हुन नदिन निर्देशन दिए।